नयाँ सरकार गठन गर्न सह–संस्थापक घानी बरादर पुगे काबुल

आइतबार, एजेन्सी । तालिवानका सह–संस्थापक मुल्ला अब्दुल घानी बरादर अफगानिस्तानको राजधानी काबुल पुगेका छन् ।

नयाँ सरकार गठन गर्न उनी काबुल पुगेका हुन् । अफगानिस्तान कब्जा गरेको एक हप्तापछि उनी काबुल पुगेका हुन् ।

frontline

बरादरले काबुलमा रहेका तालिबानका सदस्य एवं नेतासँग संवाद गर्नेछन् ।

बीबीसीका अनुसार समावेशी सरकार गठनका लागि बरादरले काबुलमा जिहादी नेता र अन्य व्यक्तिसँग भेटवार्ता गर्नेछन् ।

बरादर सन् २०१० मा पाकिस्तानमा पक्राउ परेका थिए । त्यसपछि सन् २०१८ मा उनलाई कतार पठाइएको थियो ।

दोहामा अफगानिस्तानबाट अमेरिकी सैनिक फिर्ता गर्नेसम्बन्धी सम्झौतामा हस्ताक्षरका लागि बरादरलाई तालिबानको राजनीतिक कार्यालय प्रमुखमा नियुक्त गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

frontline
poster-here