नबिललाई बंगलादेश बैंक गाभ्न अन्तिम स्वीकृति

सान्केतिक तस्बिर

१५ असार, काठमाडौं । नेपाल राष्ट्र बैंकको सञ्चालक समितिले नबिल बैंकलाई नेपाल बंगलादेश बैंक प्राप्ति गर्न अन्तिम स्वीकृति दिएको छ।

गभर्नर महाप्रसाद अधिकारी स्विटजरल्यान्डको कार्यक्रम सकेर मंगलबार फर्किएपछि बुधबार बिहान बसेको सञ्चालक समितिले नेपाल इन्भेष्टमेन्ट बैंकलाई मेगा बैंक गाभ्नका लगि सैद्धान्तिक सहमित दिने पनि निर्णय गरेको छ।

frontline

नबिल र एनबी बैंकको मर्जर कर्मचारी युनियनको आन्दोलनले अगाडि बढ्न समस्या भइरहेका बेला राष्ट्र बैंकले बुधबार अन्तिम स्वीकृति दिएको हो।

अन्तिम स्वीकृतिसँगै नबिलले कम्पनी रजिष्ट्रारको कार्यालयसँग स्वीकृत लिएर एकीकृत कारोबार गर्ने मिति तय गर्ने छ। एकीकृत कारोबार सम्भवतः असार मसान्त अघि नै सुरु हुने छ।

इन्भेष्टमेन्ट र मेगालाई डीडीए गर्ने बाटो खुलेको छ। त्यसपछि मर्जरलाई अगाडि बढाउन दुवैले विशेष साधारणसभा डाक्न सक्छन् ।

त्यहाँबाट मर्जर अनुमोदन भएपछि दुवैले अन्तिम स्वीकृतिका लागि आवेदन दिनु पर्ने हुन्छ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here