नगरब्यापी विद्यालयस्तरीय खो खो प्रतियोगिता सम्पन्न भक्तपुर

भक्तपुर नगरपालिकाका उपप्रमुख रजनी जोशीको प्रमुख आतिथ्यमा भक्तपुर नपा वडा नं. १० को आयोजनामा भएको भक्तपुर नगरब्यापी विद्यालयस्तरीय खोखो प्रतियोगिता मंगलबार लामगाल चउरमा सम्पन्न भयो । कार्यक्रममा उपप्रमुख जोशीले प्रतियोगिताका विजयी खेलाडीहरुलाई प्रमाणपत्र र मेडल वितरण गर्नुभएको थियो ।

खोखो छात्रतर्फको खेलमा विद्या आर्जन स्कूल प्रथम, प्रभात इङ्गलिस स्कूल दोस्रो, बाल विकास इङ्गलिस स्कूल र शारदा माविले तेस्रो स्थान हासिल गर्न सफल भए भने छात्रा खोखो खेलतर्फ बागीश्वरी मावि प्रथम, बालविकास सेकेन्डरी दोस्रो, बासु मावि र वाइजल्याण्ड सेकेन्डरी स्कूलले तेस्रो स्थान हासिल गरेका थिए ।

frontline

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here