नगरप्रमुख र उपप्रमुखले आफू चढ्ने गाडीलाई बनाए एम्बुलेन्स

खोटाङ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख दिपनारायण रिजाल र उपप्रमुख विणादेवी राईले चढ्ने गरेको गाडी एम्बुलेन्सको रुपमा प्रयोग हुने गरी सञ्चालनमा ल्याएका छन् ।

एक संक्रमितलाई नगरप्रमुखको गाडीमार्फत बिराटनगर पठाएर नगरपालिकाको गाडीलाई औपचारिक रुपमा एम्बूलेन्सको रुपमा प्रयोग 

नगरप्रमुख रिजालले कोरोनाबाट संक्रमित भएकाहरुले बेलैमा एम्बुलेन्स प्राप्त गरेर अस्पताल जान नसकेको बेला अहिलेको स्वास्थ्य सम्वन्धी विषम परिस्थितिलाई मध्यनजर गर्दै आफूले प्रयोग गर्दै आएको बा २ झ ३४६७ र उपप्रमुखले प्रयोग गर्दै आएको को १ झ ६६८ नम्बरको दुवै गाडीलाई शनिवारबाट एम्बुलेन्सको रुपमा सञ्चालन हुने गरी प्रयोगमा ल्याएका हुन् । 

frontline

कोभिड–१९ बाट गम्भीर बिरामी भएका संक्रमितलाई नगरपालिकाको आइसोलेसन सेन्टरसम्म पुर्‍याउन वा थप उपचारका लागि रेफर भएको अवस्थामा काठ्माण्डौं, बिराटनगर लगायतका अस्पतालमा पुर्‍याउन र ल्याउनमा उपयोग गर्नेगरी नगरप्रमुख रिजाल र उपप्रमुख राईले आफ्ले प्रयोग गर्दै आएको गाडीलाई एम्बूलेन्सका रुपमा उपयोगमा ल्याएका हुन् ।

शनिबार एक संक्रमितलाई नगरप्रमुखको गाडीमार्फत बिराटनगर पठाएर नगरपालिकाको गाडीलाई औपचारिक रुपमा एम्बूलेन्सको रुपमा प्रयोग सुरु गरिएको हो । नगरप्रमुख रिजाल र उपप्रमुख राईले कोभिड–१९ को महामारी नियन्त्रण नभएसम्मका लागि गाडीलाई बिरामी ओसार–पसारमा प्रयोग गर्ने बताएका छन् ।

बिरामी बोक्ने अन्य भाडाका गाडी नपाइने, पाइए पनि चालकले बोक्न नमान्ने अवस्था भएकाले नगरपालिकाकै गाडीलाई एम्बूलेन्सको रुपमा प्रयोगमा ल्याइएको नगरप्रमुख रिजालले बताए ।

‘गाउँमा सिरियस बिरामी भएर दिक्तेलसम्म ल्याउन परे भने अथवा आइसोलेसन सेन्टर लान परे भने र यहाँबाट रेफर गरेर काठ्माण्डौं वा बिराटनगर लैजान परे भने यही गाडीलाई प्रयोग गर्छौैँ,’ नगरप्रमुख रिजालले भने, ‘अरु भाडाको कुनै पनि गाडीले पोजिटिभ बिरामी बोक्न मानेन । यसरी नहुने रहेछ, नगरपालिकाकै गाडी प्रयोग गरौं भनेर प्रयोग थालिएको हो ।

यो महामारी भरी अव पहिला गाडी नहुँदा जसरी हिँडिन्थ्यो, संकटभरी त्यसरी नै हिँडडुल गर्ने छौँ ।’ १५ वडा रहेको नगरपालिकामा हालसम्म ५३ जनाभन्दा बढिलाई संक्रमण पुष्टि भइसकेको छ । संक्रमितलाई बोक्नका लागि नगरप्रमुख र उपप्रमुखको गाडीलाई चालक र बिरामीको बिचमा पर्नेगरी प्लाइउडले पाटेसन गरिएको छ ।

संकटभरी गाडीलाई बिरामी ओसार–पसार गर्न दिएपछि आफुहरु भने अन्य वैकल्पिक सवारी साधनको व्यवस्था गरेर आवत–जावत गर्ने नगरप्रमुख रिजालले बताए । नगरप्रमुखले चढ्दै आएको गाडी एससडिसिले उपलव्ध गराएको हो भने उपप्रमुख चढ्दै आएको गाडी स्वयं नगरपालिकाले खरिद गरेको हो । ‘यो बेला भनेको समयमा एम्बूलेन्स पाइन्न ।

नगरप्रमुख रिजालका अनुसार नगरपालिकामा भएको एउटा एम्बुलेन्स हिजो बिरामी लिएर काठमाडौ गएकोले शनिवार  दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१५ बिजयखर्कका कटवाल थरका २९ वर्षीय संक्रमित विरामीको श्वासप्रश्वासमा समस्या देखिएकाले उनलाई थप उपचारका लागि आफ्नो गाडीबाट कोशी कोभिड अस्पताल बिराटनगर पठाइएको हो ।

यसअघि हलेसी तुवाचुङ नगरपालिकाकी उपप्रमुख बिमला राईले पनि आफुले चढ्दै आएको गाडीलाई एम्बूलेन्सका रुपमा उपयोग गर्नका लागि स्वास्थ्य शाखालाई चाँबी हस्तान्तरण गरिसकेकी छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here