नगरप्रमपुख श्रेष्ठद्धारा ग्वार्को पुलको दुबैतर्फ पैदलयात्रुका लागि निर्मित ट्रस पुल उद्घाटन ।

फ्रन्टलाइन, महालक्ष्मी । महालक्ष्मी नगरपालिका वडा नं १ र २ तथा ललितपुर महानगरपालिका वडा नं ७ र १७ को बीचमा रहेको कर्मनाशा नदीमाथि रहेको ग्वार्को पुलको दायाँ बायाँ पैदल यात्रुहरूको लागि निर्माण गरिएको ट्रस पुल संचालनमा आएको छ । बिहिबार एक कार्यक्रमकाबीच महालक्ष्मी नगरपालिकाका नगर प्रमुख रामेश्वर श्रेष्ठले सो पुलको उद्घाटन गर्नुभएको हो ।


कार्यक्रममा महालक्ष्मी नगरपालिकाका वडा नं १, २, ३, ४, ६, र ७ का वडा अध्यक्षहरू, कार्यपालिका सदस्यहरू, वडा सदस्यहरू तथा ललितपुर महानगरपालिकाका वडा नं ७ र १७ का वडा अध्यक्षहरू र वडा सदस्यहरू, ललितपुर जिल्ला रेडक्रसका अध्यक्ष, महालक्ष्मी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत, प्रमुख शिक्षा अधिकृत, सडक तथा अन्य पूर्वाधार शाखा प्रमुख, सूचना प्रविधि अधिकृत लगायतको उपस्थिति रहेको थियो ।
पुलको समुद्धघाटन गर्दै नगरप्रमुख श्रेष्ठले यस पुलको निर्माणबाट यात्रुहरूको पैदलयात्रालाई सुरक्षित बनाउनुका साथै सडक दुर्घटना घटाउन र यस क्षेत्रमा हुने ट्राफिक जामलाई न्युनीकरण गर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नुहुँदै पुल निर्माणमा सहयोग पुर्याउने सबैमा धन्यवाद व्यक्त गर्नुभयो ।
कार्यक्रममा नगरपालिकाका इन्जिनियर मनिष सुवेदीले उपस्थित सबैमा स्वागत गर्दै पुलको प्राविधिक पक्षबारे जानकारी गराउनु भयो । त्यसैगरी वडा नं २ का वडा अध्यक्ष श्री राम बहादुर के.सीले शुभकामना मन्तव्य राख्नु भएको थियो । कार्यक्रम वडा नं १ का वडा अध्यक्ष श्री नन्द कुमार न्यौपानेले सञ्चालन गर्नुभएको थियो । सम्झौता रकम रू. ३९,७५,५००÷– रहेको उक्त ट्रस पुलको एक तर्फको लम्बाई २४ मीटर, चौडाइ १.५ मीटर, तौल करिब ६ टन रहेको छ । सो पुलको निर्माण बस्नेत निर्माण सेवाले गरेको हो ।

frontline

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here