नगरपालिका संघको आयोजनामा शहरी स्वच्छता सम्बन्धि अन्तक्र्रिया सम्पन्न

फ्रन्टलाइन, काठमाडौँ । नेपाल नगरपालिका संघ देशभरिका हरेक नगरपालिकाहरुको समग्र विकास र समृद्धि उपर पैरवी गरिरहेको अभिभावक संगठन हो । यसले निरन्तर रुपमा पालिकाको हित लक्षित विविध विषय सम्बद्ध कार्यक्रमहरु गर्दै आएको छ । हालै काठमाडौँमा नेपाल नगरपालिका संघको आयोजनामा शहरी स्वच्छता, सरसफाई र व्यवस्थापनमा केन्द्रित Policy Dialogue on Urban Sanitation in WASH Policy & Act as well as Shift Flow Diagram (SFD) Institutionalization in Nepal विषयक अन्तक्र्रिया कार्यक्रम सम्पन्न भयो ।
काठमाडौँ उपत्यका भरिका र काभ्रेपलान्चोक जिल्लाका नगरपालिकाहरुका नगरप्रमुख, नगर उपप्रमुख र नगरका विभिन्न प्राविधिक कर्मचारीहरु सहभागि सो कार्यक्रममा नेपाल नगरपालिका संघका पदाधिकारीहरु, नेपाल सरकारका विभिन्न मन्त्रालयका विशिष्ट व्यक्तित्वहरु साथै विभिन्न विकास साझेदार एवम् सहयोगी संघसंस्था हरुका प्रतिनिधिहरुको उपस्थिती रहेको थियो ।
कार्यक्रमको सभापतित्व नेपाल नगरपालिका संघका अध्यक्ष एवम् धुलिखेल नगरपालिकाका नगरप्रमुख अशोक कुमार ब्यान्जु श्रेष्ठले गर्नुभएको थियो भने प्रमुख अतिथि एवम् वक्ताका रुपमा खानेपानी मन्त्रालयका सचिव मणिराम गेलाल हुनुहुन्थ्यो ।
कार्यक्रममा संघका अध्यक्ष ब्यान्जु, खानेपानी मन्त्रालयका सचिव गेलाल, संघका कार्यकारी निर्देशक कलानिधि देवकोटा लगायत अन्य विभिन्न विकास साझेदार संस्थाका प्रतिनिधिहरुले आफ्ना धारणा राख्नुभएको थियो ।
कार्यक्रमको प्रमुख आकर्षण विभिन्न विकास साझेदार संस्थाहरुका प्रतिनिधिहरुद्धारा प्रस्तुत विषेश प्रस्तुती एवम् अन्तक्र्रिया रहेको थियो । दुईवटा प्रस्तुतीहरु राखिएको सो समारोहमा पहिलो छलफलमा Urban Sanitation Issues in WASH Policy/Act विषयक प्रस्तुती रहेको थियो । यस्तै दोश्रो छलफलमा SFD Institutionalization विषयक प्रस्तुती रहेको थियो ।
दुबै अन्तक्र्रियात्मक प्रस्तुतीमा वक्ताका रुपमा सम्बन्धित मन्त्रालय, विभिन्न संस्था एवम् निकायहरुका विशिष्ट व्यक्तित्वहरु रहनुभएको थियो । अन्तक्र्रियामा नगरपालिकाको समग्र सरसफाई, स्वच्छता, खानेपानी एवम् ढल व्यवस्थापन जस्ता महत्वपुर्ण विषयहरुमा गहन छलफल भएको थियो । जस अन्तर्गत नीतिगत पाटो, कानुन कार्यान्वयन, नीति एवम् कानुन संशोधन एवम् परिपालन उपर विशेष छलफल भएको थियो । नेपाल नगरपालिका संघको यस्ता विकास र समृद्धि केन्द्रित कार्यक्रमहरुले नगरपालिकाहरुको समग्र विकासमा महत्वपुर्ण टेवा पुर्याउने पक्का छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here