नक्कली भ्याट बिल प्रकरणमा बाराको युनिक लुद्दिन प्रालि र सञ्चालकविरूद्ध मुद्दा

१५ पुस, काठमाडौं । राजश्व अनुसन्धान विभागले नक्कली भ्याट बिल प्रकरणमा बाराको युनिक लुद्दिन इन्टरनेसनल प्रालि र त्यसका सञ्चालकविरूद्ध मुद्दा दायर गरेको छ। 

१६ करोड चार लाख ४६ हजार ४३३ रुपैयाँ बिगो माग गर्दै बुधबार विभागले प्रालिका सञ्चालक जमालद्दिन अन्सारी, जयकिशोर साह, सूर्यजितप्रसाद साह र तयनाथ अधिकारीविरूद्ध मुद्दा दायर गरेको हो। 

frontline

वस्तु तथा सेवा खरिद नै नगरी झूटा तथा नक्कली मूल्य अभिवृद्धि करण बिजकमात्र खरिद गरी मूल्य अभिवृद्धि कर र आयकर छलेको आरोप उक्त प्रालि र सञ्चालकलाई लगाइएको छ।

विभागका अनुसार उनीहरूले मूल्य अभिवृद्धि कर ५ करोड ३५ लाख १२ हजार ८०४, आयकर ९ करोड ३४ लाख २७ हजार ११ र लाभांश १ करोड ३५ लाख छलेको अनुसन्धानमा खुलेको छ।

यसैगरी, बारा प्रसौनीको न्यू माया ट्रेड कन्सर्नका प्रोप्राइटर भुवन मुखिया बिनविरूद्ध ३१ लाख ४२ हजार बिगो माग्दै मुद्दा दायर गरिएको विभागले जनाएको छ। 

यसैगरी विभागले विदेशी विनिमयसम्बन्धी कसूरमा बुद्ध ज्वेलरी वर्कसपका सञ्चालक बुद्ध विश्वकर्मा, मेघराज विश्वकर्मा, विर्तामोडका अमिर लगुन विश्वकर्मा र मोरङका बुद्धिमान खातीविरूद्ध मुद्दा दायर गरिएको विभागले जनाएको छ। 

उनीहरूसँग १२ करोड ५ लाख ८५ हजार ९७८ रुपैयाँ बिगो, बिगो बराबरकै जरिवाना र कैद सजाय माग गरिएको विभागले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here