धुलिखेल प्राथमिक स्वास्थ्य केन्द्रको बिमा सेवा धुलिखेल अस्पतालबाट सुरु

समाचार सारांश

  • धुलिखेल स्वास्थ्य केन्द्रले धुलिखेल अस्पतालको भवनबाट स्वास्थ्य बिमा सेवा सुरु गरेको छ।
  • यसअघि भौतिक पूर्वाधार अभावका कारण सेवा दिन नसकेको केन्द्रले रेफरलका लागि अस्पतालमा सेवा थालेको हो।
  • धुलिखेल अस्पतालसँगको सहकार्यमा सेवा सुरु भएको र जनशक्ति अभावमा दुवै संस्थाले सघाउने सहमति भएको छ।

काभ्रेपलाञ्चोक । धुलिखेल नगरपालिकाअन्तर्गत धुलिखेल प्राथमिक स्वास्थ्य केन्द्रले आजदेखि धुलिखेल अस्पतालको भवनबाट स्वास्थ्य बिमा सेवा सुरुआत गर्ने भएको छ ।  

frontline

यसअघि उक्त केन्द्रले भौतिक पूर्वाधार तथा जनशक्ति अभावको कारण देखाउँदै स्वास्थ्य बिमाको प्रथम सेवा विन्दु सेवा दिन आलटाल गरिरहेको थियो । केन्द्रले प्रेषण केन्द्र (रेफरल)का लागि सहज हुने उद्देश्यले अस्पतालको भवनमा नै ‘विस्तारित स्वास्थ्य बिमा सेवा केन्द्र’ को सेवा दिने निर्णयसहित सेवा सुरु गरेको हो । सरकारी स्वास्थ्य संस्थाबाट मात्रै स्वास्थ्य बिमाको प्रथम सेवा विन्दुबाट सेवा दिने नीतिअनुसार धुलिखेल अस्पतालमा उपलब्ध हुँदै आएको प्रथम सेवा विन्दुको सुविधा यही साउन १ गतेदेखि रेफरल सेन्टरको रुपमा मात्रै काम गरिरहेको छ । 

नगरले धुलिखेल अस्पतालमा बिमा सेवा लिन आउनेलाई सजिलो होस् भनेर धुलिखेल अस्पताल परिसरको भवनबाटनै चिकित्सक, नर्स, औषधिसहित रिफरल सेवा सुरु गरिएको जनाएको छ । नगरप्रमुख अशोक ब्याञ्जूका अनुसार धुलिखेल अस्पतालसँगको साझेदारीमा सेवा सुरु गरिएकाले जनशक्ति अभाव भएका बेला चिकित्सकलगायत भौतिक पूर्वाधारमा पनि दुवै संस्थाले सघाउने सहमति भएको छ । 
 

धुलिखेल अस्पताल |स्वास्थ्य बिमा |धुलिखेल

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here