धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति प्रक्रिया पुनः सुरु

१५ पुस, काठमाडौं । नेपाल धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति प्रक्रिया सरकारले पुनः अगाडि बढाएको छ।

यसअघि नयाँ अध्यक्ष नियुक्तिको प्रक्रिया गत कात्तिक ११ गते सुरु गरेको थियो। त्यसबेला दर्जनजतिले आवेदन दिएका थिए।

frontline

ती सबै प्रक्रियालाई खारेज गरेर अर्थ मन्त्रालयले पुनः बिहीबार नियुक्ति प्रक्रिया अगाडि बढाएको अर्थका प्रवक्ता रितेश शाक्यले जानकारी दिए।

भीष्मराज ढुङ्गानालाई बर्खास्त गरेपछि सरकारले आवेदन खुला गरेको थियो। सरकारले अध्यक्षका लागि आगामी १५ दिनभित्र आवेदन दिन आह्वान गरेको छ।

अध्यक्ष हुनका लागि धितोपत्र बजार व्यवस्थापन, पुँजी बजार विकास, आर्थिक वित्तीय, वाणिज्य, व्यवस्थापन वा कानुनमा कम्तिमा सात वर्षको पेशागत अनुभव अनिवार्य छ। उमेर ३० वर्ष पुरा भई ६० वर्ष ननाघेको हुनु पर्नेछ।

यस्तै उनका अनुसार नेपाल स्टक एक्सचेन्ज लिमिटेडको रिक्त रहेको प्रमुख कार्यकारी अधिकृत पदका लागि पनि नियुक्तिको काम भइरहेको छ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here