धार्मिक झण्डा हटाउन खोज्दा एक युवकको कुटेर हत्या

४ पुस, पञ्जाव ।  भारतको पञ्जाव राज्यस्थित कपुरथला जिल्लामा धार्मिक झण्डा हटाउन खोज्दा एक युवकको कुटेर हत्या गरिएको छ ।

जिल्लास्थित गुरुद्धार गोल्डेन टेम्पलबाट धार्मिक झण्डा हटाउन खोज्दा शिख धर्मावलम्बीहरुले एक युवकको कुटेर हत्या गरेका हुन् ।

frontline

भारतीय मिडियाकाअनुसार सो घटना कपुरथलाको निजमपुर गाउँस्थित गोल्डेन टेम्पलमा आइतबार बिहान भएको हो।

युवकले शिख धर्मावलम्बीहरुको धार्मिक झण्डा निशान शहिबलाई मन्दिरबाट हटाउन खोजेको आरोप छ ।

सो आरोपमा शिख धर्मावलम्बीहरुले ती युवकमाथि निर्घात कुटपिट गरेको र सोहि कारण मृत्यु भएको बताइएको छ ।

पञ्जाव राज्य र त्यहाँको प्रहरी प्रशासन सो घटनाका मुख्य जिम्मेवार रहेको गुरुद्धारद्धारा जारी विज्ञप्तिमा बताइएको छ ।

यसअघि शनिबार साँझ अम्रितसरस्थित गोल्डेन टेम्पलभित्र शिखहरुको धार्मिक पुस्तक गुरु ग्रन्थ शाहिवको अपमान गरेको भन्दै एक व्यक्तिमाथि निर्घात कुटपिट भएको थियो ।

कुटपिटपछि गम्भीर घाइते भएका उनको केहिबेरमै मृत्यु भएको थियो ।

प्रहरीले दुवै घटनामाथि विस्तृत अनुसन्धान गरिरहेको भारतीय मिडियामा खबर छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here