धादिङ कृषि सहकारी अध्यक्षमा नारायण सुवेदी

श्रोत : ईन्टरनेट

असोज ३, धादिङ । धादिङ जिल्लामा रहेका कृषि सहकारी संस्थाहरुमा कार्यरत कर्मचारहरु संगठित भएका छन् । शनिबार सदरमुकाम धादिङबेसीमा सम्पन्न कर्मचारीहरुको पहिलो साधारण सभा तथा अधिवेशनले नारायण सुवेदीको अध्यक्षतामा सर्वसम्मत ९ सदस्यीय कृषि सहकारी कर्मचारी समाज नेपाल धादिङ गठन गरेको हो ।

समाजको उपाध्यक्षमा ज्ञानु ईटनी, सचिव नवीन रिजाल, साथै सदस्यहरुमा रामजि खतिवडा, पुर्ण बहादुर अर्याल, सन्जु श्रेष्ठ, जीवन कुमार घिमिरे, शोभा छत्कुली र रचना तिवारी चयन भएको हो ।

frontline

२०७७ साल चैत्र ६ गते जिल्ला प्रशासन कार्यालय धादिङमा दर्ता भएको यस समाजले कृषि सहकारी संस्थाहरुमा कार्यरत कर्मचारीहरुलाई संगठीत गर्दै विभिन्न किसिमका तालिम कार्यक्रमहरुको माध्यमबाट कर्मचारीहरुको सीप, क्षमता विकास गरी कुशल कार्यसम्पादन गर्न सक्षम बनाउनु रहेको समाजका अध्यक्ष नारायण सुवेदीले जानकारी दिनुभयो ।

यस समाजमा हालसम्म जिल्ला भीत्र रहेका विभिन्न सहकारी संस्थाहरुमा कार्यरत कुल ६१ जना कर्मचारीहरु आवद्ध रहेका छन् । साथै अध्यक्ष सुवेदीले जिल्लाका सबै कृषि सहकारी संघ – संस्थामा कार्यरत कर्मचारीहरुलाइ यस कृषि सहकारी कर्मचारी समाज धादिङमा आवद्ध हुन आह्वान गर्दै सबैलाइ आवश्यक सल्लाह सुझाव र सहयोगको लागि अनुरोध गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here