धरानमा विभत्स हत्या गरिएको अवस्थामा झोलामा भेटिएको शवको सनाखत
१० फागुन, काठमाडौं । सुनसरीको धरान-४ मा विभत्स हत्या गरिएको अवस्थामा फेला परेको शवको सनाखत भएको छ ।
शव झापाको दमक नगरपालिका-५ का दिनेश सिग्देलको भएको खुलेको इलाका प्रहरी कार्यालय, धरानले जनाएको छ ।
प्रहरीका अनुसार सिग्देल बहराइनबाट २० पुसमा नेपाल फर्किएका थिए । काठमाडौंबाट उनी सिधै विराटनगरस्थित कान्छी श्रीमतीकहाँ गएको प्रहरी बताउँछ ।
त्यसैले पारिवारिक समस्या कारण उनको हत्या भएको हुनसक्ने आशंका गरिएको छ ।
प्रहरीले अनुसन्धानका लागि केही व्यक्तिलाई नियन्त्रणमा लिएको छ । थप अनुसन्धान जारी छ ।
गत साता धरान-भेडेटार सडक खण्डमा पर्ने जंगलमा जेब्रा झोलाभित्र टाउको र त्यसको भोलिपल्ट त्यही ठाउँमा शरीर भेटिएको थियो ।
प्रतिक्रिया दिनुहोस्