धरानमा थप एक कोरोना संक्रमित पुरूषको मृत्यु
१२ माघ, काठमाडौं । धरानमा थप एक जना कोरोना संक्रमित पुरूषको मृत्यु भएको छ ।
सुनसरीको धरान नगरपालिका-१९ का २९ वर्षीय पुरूषको मृत्यु भएको हो ।
धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारका क्रममा मंगलबार साँझ ८:५५ बजे मृत्यु भएको हो ।
प्रतिष्ठानका अनुसार माघ ३ गते उनलाई कोरोना पुष्टि भएको थियो ।
मृतकमा लिभरसम्बन्धी समस्या थियो ।
प्रतिक्रिया दिनुहोस्