धरानमा कोरोना संक्रमित महिलाको मृत्यु

१ साउन, सुनसरी । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा एक जना कोरोना संक्रमित महिलाको मृत्यु भएको छ ।

कोरोना संक्रमण भएपछि बुधबार अस्पताल भर्ना भएकी सुनसरीको रामधुनी नगरपालिका–७ बस्ने ५७ वर्षीया महिलाको मृत्यु भएको प्रतिष्ठानले जनाएको छ ।

frontline

प्रतिष्ठानका प्रवक्ता प्राध्यापक डा. कृष्णा पोखरेलका अनुसार पहिले देखिनै दीर्घरोगी रहेको र कोरोना विरुद्धको दोस्रो डोज खोप पनि लगाइसकेकी ती महिलाको शनिबार बेलुकी साढे ५ बजे मृत्यु भएको हो ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here