धनगढीलाई छैटौँ खड्ग प्रसाद गौचन मेमोरियल यू–१९ क्रिकेट उपाधि

धनगढी क्रिकेट एकेडेमी (डीसीए)ले छैटौँ खड्ग प्रसाद गौचन मेमोरियल यू–१९ क्रिकेट प्रतियोगिताको‌ उपाधि जितेको छ। 

फाइनलमा मंगलबार पल्सर सीईसी काठमाडौँलाई १२ रनले पराजित गर्दै धनगढी च्याम्पियन बनेको हो। 

frontline

रुपन्देहीको तिलोत्तमामा निमार्णाधिन एक्स्ट्राटेक ओभल क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको धनगढीले ३२.५ ओभरमा सबै विकेट गुमाउँदै १५० रन बनाएको थियो। 

धनगढीका अशोक धामीले अर्धशतक बनाए। सीईसीका दयानन्द मण्डलले ३, करण घर्तीमगर र स्मित बुढाले समान २ विकेट लिए। 

१५१ रनको लक्ष्य पाएको सीईसी ३५ ओभरमा अलआउट हुँदै १३८ रन मात्र बनाउन सक्यो। सीईसीका लागि सुमित सिंह बूढाले ४१ र स्मित बूढाले ४० रन बनाए। अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन्। 

धनगढीका निसान रेग्मीले ४ र सौर्य श्रेष्ठले २ विकेट लिए। सीईसीका निसान रेग्मी फाइनलको‌ प्लेयर अफ दी म्याच बने। सीईसीका समीर विष्ट प्लेयर अफ दी सिरिज, सीईसीकै दयानन्द मण्डल बेस्ट बलर र मदन भण्डारी स्पोर्ट्स एकेडेमीका विजय प्रजापतिले बेस्ट ब्याटर घोषित भए।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here