धनकुटामा दोस्रो एभोकाडो महोत्सव

श्रोत : ईन्टरनेट

२५ कार्तिक, धनकुटा-धनकुटामा मंसिर ४ र ५ गते दोस्रो एभोकाडो महोत्सव हुने भएको छ ।
एभोकाडो कृषक समुहको आयोजना तथा धनकुटा नगरपालिकाको सहआयोजना महोत्सव हुन लागेको हो ।

एभोकाडो कृषक समुहका अध्यक्ष खेमराज थापाले जानकारी दिए । धनकुटा सदरमुकामको परिचय मोडस्थित एभोकाडो स्तम्भ भएको स्थनमा हुने उक्त महोत्सवका ५० वटा स्टलहरु रहने आयोजकले जानकारी दिएको छ ।

frontline

दुई दिनसम्म चल्ने महोत्सवको पहिलो दिन किसान तथा व्यापारीका एभोकाडो प्रदर्शन तथा बिक्रीका लागि राखिनेछन् । दोस्रो दिन एभोकाडो स्टलका साथै सरोकारवालाहरु बीच एभोकाडोको प्रवद्र्धनका विषयमा अन्तरक्रिया कार्यक्रम गरिने आयोजक समुहका अध्यक्ष थापाले जानकारी दिए ।

धनकुटा नगरपालिका मेयर चिन्तन तामाङले यो वर्ष एभोकाडो प्रवद्र्धन कार्यक्रमका लागि १ करोड बजेट विनियोजन गरिएको समेत बताए ।

एभोकाडो प्रवद्र्धनको कार्यक्रम अब कृषकहरुले लिनुपर्ने बताउँदै उनले नगरपालिकाले खेती सम्बन्धी आउने समस्याका लागि विज्ञहरुको छुट्टै परामर्श केन्द्र स्थापना गर्न लागेको पनि जानकारी दिए ।

वि.स २०७५ मा कृषि अभियान्ता जीवनकुरमार राईको विशेष पहलमा धनकुटा नगरपालिकाले नगरलाई एभोकाडोको राजधानी घोषणा गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here