द्वन्द्वका क्रममा जागिर गुमाएका २३३ शिक्षकलाई पुनर्बहाली गर्ने सरकारको निर्णय

फाइल तस्बिर

१७ फागुन, काठमाडौं । सरकारले द्वन्द्वका क्रममा जागिर गुमाएका २३३ जना स्थायी शिक्षकलाई पुनर्बहाली गर्ने निर्णय गरेको छ ।

मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले शिक्षामन्त्री देवेन्द्र पौडेलको प्रस्तावमा द्वन्द्वका क्रममा जागिर गुमाएका शिक्षकहरुलाई पुनर्बहाली गर्ने निर्णय गरेको हो । 

frontline

पुनर्बहाली हुनुपर्ने भनेर यसअघि सिफरिस गरिएका १८ जनालाई नियुक्ति दिने निर्णय पनि भएको छ ।

यस्तै ४१ जनालाई निवृत्तिभरण र अन्य सुविधा दिने निर्णय समेत बैठकले गरेको छ । 

यसैगरी अस्थायीतर्फका २८४ जनालाई आर्थिक सहायता प्रदान गर्ने निर्णय पनि भएको एक मन्त्रीले बताए  । 

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here