दोहोरो अंकले बढ्यो नेप्से, कारोबार रकममा समेत सुधार

१६ चैत, काठमाडौं । केही दिनयता लगातार घटिरहेको सेयर बजार बुधबार भने उकालो लागेको छ । बुधबार सेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अंकले बढेको हो ।

नेप्से ४० दशमलव ६८ अंकले बढेर २५ सय ६८ दशमलव २५ अंकमा पुगेको छ । क वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ८ दशमलव १३ अंकले बढेको छ ।

frontline

मंगलबारको तुलनामा सेयर कारोबार रकममा समेत सुधार देखिएको छ । दिनभर भएका ३६ हजार ८११ कारोबारबाट ४५ लाख २ हजार ५११ कित्ता सेयर किनबेच भएका छन् ।

जसबाट कारोबार रकम २ अर्ब २५ करोड १ लाख १७ हजार २९६ रुपैयाँ पुगेको छ । यसअघि मंगलबार सेयर कारोबार रकम २ अर्ब भन्दा कम भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here