दोहोरो अंकले घट्यो सेयर बजार, कारोबार रकममा पनि ह्रास
१५ चैत, काठमाडौं । साताको तेस्रो दिन मंगलबार पनि सेयर बजार दोहोरो अंकले घटेको छ । सेयर कारोबार मापक नेप्से परिसूचक १४ दशमलव २६ अंकले घटेर २ हजार ५ सय २७ दशमलव ५८ अंकमा झरेको छ ।
नेप्से परिसूचकसँगै कारोबार रकममा पनि ह्रास आएको छ । आइतबार करिब ५ अर्बको कारोबार भएकोमा मंगलबार १ अर्ब ७५ करोड रुपैयाँमा कारोबार रोकिएको छ ।
मंगलबार धेरै सेयर मूल्य घट्नेमा नेपाल लाइफ इन्स्योरेन्स, जीवन विकास लघुवित्त, आशा लघुवित्त लगायत देखिएका छन् । बजार समग्रमा घटेपनि केही कम्पनीहरुको सेयर मूल्य भने बढेको छ ।
बजार घट्दा पनि धेरै कमाउने १० कम्पनी :
सि.नं. | कम्पनीको नाम | बढेको मूल्य (रु) | बढेपछिको मूल्य (रु) |
१ | इमर्जिङ नेपाल कम्पनी | ९२ | १०१२.३० |
२ | नेष्डो समृद्ध लघुवित्त | ७९.३० | ८७२.६० |
३ | राष्ट्र उत्थान लघुवित्त | ९९.१० | १०९०.६० |
४ | जाल्पा सामुदायिक लघुवित्त | १३.६० | ३५२.७० |
५ | समता घरेलु लघुवित्त | २४ | १०४९ |
६ | सिटिजन्स म्युचुअल फण्ड–२ | ०.२३ | १०.४० |
७ | युनियन लाइफ इन्स्यारेन्स | १३.५० | ६८१ |
८ | ग्रीन लाइफ हाइड्रोपावर | ८.९० | ४६७.९० |
९ | सपोर्ट माइक्रोफाइनान्स | ३३ | १७४८ |
१० | तारागाउँ रिजेन्सी होटल | ६.६० | ३६३.६० |
प्रतिक्रिया दिनुहोस्