दोलखामा एकै परिवारका तीन जना मृत फेला

१५ मंसिर, दाेलखा । दोलखामा एकै परिवारका तीन जना मृत फेला परेका छन्।

बुधबार बिहान तामाकोशी गाउँपालिका–२, झुलेमा एकै परिवारका ३ जना मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ ।

frontline

प्रहरीका अनुसार मृत्यु हुनेमा स्थानीय २७ वर्षीय श्याम तामाङ, उनकी श्रीमती २५ वर्षीया अम्बिका तामाङ र ५ दिनका छोरा छन् ।

५ दिनकी सुत्केरी श्रीमती र नाबालक छोरालाई न्यानो बनाउन गोल बालेर सुतेका उनीहरुको धुँवाले निसास्सियर मृत्यु भएको हुनसक्ने आशंका गरिएको छ ।

प्रहरीले भने घटनाको विस्तृत अनुसन्धानपछि मात्रै मृत्युको कारण थाहा हुने बताएको छ ।

प्रतिक्रिया दिनुहोस्

frontline
poster-here