देशमा विभिन्न ठाउँमा भएका दुर्घटनामा ६ जनाको मृत्यु

१० माघ, काठमाडौं । देशमा विभिन्न ठाउँमा भएका दुर्घटना ६ जनाको मृत्यु भएको छ । बारा, दाङ, सिन्धुली, सुनसरी, मकवानपुर र सिरहामा एक-एक जनाको मृत्यु भएको हो । 

बारा, जितपुरसिमरा उपमहानगरपालिका-२२ स्थित सडकमा ना.३ च ८८५१ नम्बरको पिकअपले ना.५१ प ३४९५ नम्बरको मोटरसाइकललाई आइतवार दिउँसो ठक्कर दिँदा मोटरसाइकलमा सवार मकवानपुर हेटौंडा उपमहानगरपालिका-५ बस्ने ३४ वर्षीय धर्मप्रसाद सापकोटाको मृत्यु भएको छ । 

frontline

दुर्घटनामा गम्भीर घाइते भएका उनको अल्पाईन अस्पताल सिमरामा उपचारको क्रममा मृत्यु भएको हो । पिकअपले उक्त मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल अनियन्त्रित भई ना.६ ख ८६६८ नम्बरको ट्रकले समेत उक्त मोटरसाइकललाई ठक्कर दिएको थियो । 

दुर्घटनामा घाइते भएका मोटरसाइकल चालकको सोही अस्पतालमा उपचार भइरहेको छ । ठक्कर दिने दुबै सवारी साधनका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

दाङ, लमही नगरपालिका-६ बलरामपुरस्थित सडकमा रा.५ प ५७१४ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई आइतवार साँझ दुर्घटना हुँदा मोटरसाइकल चालक तुलसीपुर उपमहानगरपालिका-१२ बस्ने २५ वर्षीय अरुण देवकोटाको मृत्यु भएको छ । 

दुर्घटनामा गम्भीर घाइते भएका उनको लमही अस्पताल लमहीमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार १ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । 

सिन्धुली, दुधौली नगरपालिका-४ खनियास्थित सडकमा बा. प्र ०३-००१ ख‍ ०२८४ नम्बरको ट्रकको ठक्करबाट सोही ठाउँ बस्ने प्रेम आले मगरको छोरी ३ वर्षीया प्रेनिशा आले मगरको आइतवार साँझ घटनास्थलमै मृत्यु भएको छ ।

ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

सुनसरी, इटहरी उपमहानगरपालिका-१० स्थित सडकमा को.११ प ७९३२ नम्बरको मोटरसाइकललाई को.१ ख ६१६२ नम्बरको बसले आइतवार साँझ ठक्कर दिँदा मोटरसाइकल चालक तेह्रथुम साब्ला बस्ने ५४ वर्षीय बम बहादुर लिम्बुको मृत्यु भएको छ । 

दुर्घटनामा गम्भीर घाइते भएका उनको एपेक्स अस्पताल ईटहरीमा उपचारको क्रममा मृत्यु भएको हो । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

मकवानपुर, मनहरी गाउँपालिका-७ बिजौनास्थित सडकमा बाग्मती प्रदेश ०१-००६ ख ३६४० नम्बरको ट्रक र ना.२३ प ७०६२ नम्बरको मोटरसाइकल एक-आपसमा ठोक्किएर आइतवार राति दुर्घटना हुँदा मोटरसाइकल चालक हाल नाम, थर, वतन नखुलेका अन्दाजी ४१ वर्षीय पुरुषको मृत्यु भएको छ । 

दुर्घटनामा गम्भीर घाइते भएका उनको हेटौंडा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

सिरहा, नरहा गाउँपालिका-५ स्थित सडकमा स.१ त ७९५ नम्बरको ट्याक्टर र स.८ प ७१९४ नम्बरको मोटरसाइकल एक-आपसमा ठोक्किएर आइतवार राति दुर्घटना हुँदा मोटरसाइकल चालक बिष्णुपुर गाउँपालिका-२ गढिया बस्ने २६ वर्षीय मुकेशकुमार यादवको मृत्यु भएको छ । 

दुर्घटनामा गम्भीर घाइते भएका उनको आरके मेडिसिटी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । ट्याक्टरका चालक र सह-चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

frontline
poster-here