देशभर एक तिहाइ क्षेत्रफलमा धान रोपाइँ सम्पन्न

काठमाडौं । असारको मध्यसम्म आइपुग्दा देशभर झण्डै एक तिहाइ क्षेत्रफलमा धान रोपाइँ सम्पन्न भएको छ ।

सोमबार साँझसम्म देशभर २७.१२ प्रतिशत भूभागमा धान रोपाई भएको छ जुन अघिल्लो वर्षको भन्दा ८ प्रतिशतले कम हो ।

frontline

कृषि विभागका सूचना अधिकारी महादेवप्रसाद पौडेलकाअनुसार असार १४ गतेसम्म देशभर झण्डै तीन लाख ७१ हजार ९५८ हेक्टर क्षेत्रफलमा धान रोपाइँ सकिएको छ ।

गत वर्ष यो अवधिमा चार लाख ८६ हजार हेक्टरमा धान रोपाइँ सकिएको थियो ।

बर्खा याममा नेपालभर १३ लाख ७१ हजार ७ हेक्टरमा धान खेती हुने पनि उनले जानकारी दिए ।

सयममै मनसुन सुरु भएको छ र मल बिउको उपलब्धताका कारण देशभर यसवर्ष रोपाइँ उल्लासमय रहेको विभागको दाबी छ ।

देशभरका ७७ जिल्लामध्ये रामेछापमा यस वर्ष कम पानी परेका कारण रोपाइँमा ढिलाइ भएको गुनासो विभागमा आएको छ ।

अन्य जिल्लाहरुमा भने रोपाइँ नियमित रुपमा चलिरहेको विभागको भनाइ छ ।

कुल धान उत्पादनको झण्डै ७५ प्रतिशत हिस्सा ओगट्ने प्रदेश दुईमा भर्खर रोपाइँ सुरु भएको विभागले जनाएको छ ।

कर्णाली प्रदेशमा सबैभन्दा धेरै ६२ प्रतिशत क्षेत्रफलमा धान रोपाइँ सकिएको छ भने प्रदेश दुईमा सबैभन्दा कम १० प्रतिशत क्षेत्रधफलमा मात्रै रोपाइँ सकिएको छ ।

प्रदेश२०७८असार१५२०७७असार१५
धानरोपाईभएको %धानरोपाइँहुनेक्षेत्रफलहे.धानरोपेकोक्षेत्रफलहे.धानरोपाइँभएको %धानरोपाइँहुनेक्षेत्रफलहे.धानरोपेकोक्षेत्रफलहे.
प्रदेश न ११७.९९२७५९०१४९६२३.२५२१.८०२७५९०१.००६०१५१.४०
प्रदेश नं २१०.५५३६५६१५३८५८६.८४२९.०२३६५६१५.००१०६०९८.३५
बाग्मती प्रदेश२१.०७११५२९५२४२८८.४४३६.२२११५२९५.००४१७५८.७८
गण्डकी प्रदेश१५.३४१०८२७८१६६१२.१९३५.६६१०८२७८.००३८६१०.८८
लुम्विनी प्रदेश४५.९४३०३५९३१३९४५६.४९४५.९९३०३५९३.००१३९६०८.२०
कर्णाली प्रदेश६२.१४३८३८५२३८५०.७४९.२३८३८५.०१८८६७.७
सुदूर पश्चिम प्रदेश४८.३११६४६३९७९५४०.७०४९.५४१६४६३९.००८१५६७.०७
नेपाल२७.१२१३७१७०६३७१९५८.३५

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

poster-here