देशको विकास गर्न गठबन्धन कै सरकार चाहिन्छ : प्रधानमन्त्री देउवा

फाइल तस्बिर

३० कात्तिक, डडेल्धुरा । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले देशको विकास गर्न गठबन्धन कै सरकार चाहिने बताएका छन् । 

गृहजिल्ला डडेल्धुराको भागेश्वर गाउँपालिका-३ बोगटामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै प्रधामन्त्री देउवाले संविधान मिचिने खतरा बढेपछि गरिएको गठबन्धन देशको विकासका लागि टिकाउनुपर्ने बताए । 

frontline

संविधानको रक्षासँगै देशलाई समृद्ध बनाउन गठबन्धन अझै लामो समयसम्म गर्नुपर्ने आवश्यक रहेको उनको भनाइ छ। गठबन्धन जोगाउन मङ्सिर ४ गतेको निर्वाचनमा गठबन्धनका उम्मेदवारलाई जिताउन उनले मतदातासँग अपिल गरेका छन् । 

उनले भने, ‘तपाइँहरूलाई थाहा छ । केपी ओलीले संविधान मिच्न खोज्नुभयो । त्यो पनि दुई/दुई पटक । उहाँहरूले गठबन्धनको सरकार बनाएपछि राजनीतिक स्थिरता होला, देशमा विकास होला, देश समृद्ध हुन्छ भन्ने हामीलाई लागेको थियो ।

तर, उहाँले उल्टो गर्नुभयो । दुःख गरेर बनाएको नयाँ संविधान र लोकतन्त्रको मर्म विपरीत प्रतिनिधि सभा विघटन गरेर देशमा फेरि राजनीतिक अस्थिरता ल्याउन खोजियो । त्यसबाट जोगिन र देशलाई बचाउन हामीले गठबन्धन गरेका हौँ ।’

प्रधानमन्त्रीले भने, ‘डडेलधुराले मलाई ६ पटक जिताइसकेको छ । यसपटक पनि मलाई जिताउनु हुनेछ भन्नेमा विवश्वस्त छु।’

चुनावी प्रचारप्रसारका लागि प्रधानमन्त्री देउवा बुधबार दोस्रो पटक गृहजिल्ला डडेल्धुरा पुगेका हुन् । चुनाव अवधीसम्म उनी डडेल्धुरा नै बस्ने योजना छ । पहिलो चरणमा चार दिन जिल्ला बसेका  देउवले स्थानीय तहका सात पालिकामाा आयोजित सभालाई सम्बोधन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here