देशका पहाडी भूभागका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना

१ साउन, काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। हाल बिहानै देखि देशका धेरै जसाे भूभागमा सामान्य वर्षा भइरहेकाे महाशाखाकाे भनाइ छ ।

आइतवार देशभर आंशिकदेखि सामान्य बदली रहने महाशाखाले जनाएकाे छ ।  देशका पहाडी भूभागका धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

frontline

देशका तराई क्षेत्रका केही स्थानमा हल्का वर्षाको सम्भावना छ । त्यस्तै, राती देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली र अन्य भूभागमा आंशिक बदलीदेखि मौसम समान्यता सफा रहनेछ ।

सूदुरपश्चिम प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम र अन्य भूभागका थोरै स्थानमा मुसलधारे वर्षाको सम्भावना रहेको छ ।

देशभरका नदीहरूमा जलकाे सतह बढ्ने तथा पहाडी भेगमा पहिराकाे समेत सम्भावना भएकाले सतर्कता अपनाउने माैसम विज्ञहरूले  आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here