देशका केही ठाउँमा ठूलो वर्षा, बाढी पहिरोको जोखिम, सतर्कता अपनाउन आग्रह

२५ साउन, काठमाडौं । काठमाण्डौ उपत्यकासहित आसपासका क्षेत्रमा यतिबेला घाम लागेको छ । तर अहिले घाम लागे पनि दिउँसो पछि पानी पर्ने मौसमविद्ले बताएका छन् ।

मौसमविद् हिरा भट्टराईका अनुसार आज प्रदेश-१, वाग्मती, गण्डकी र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ ।

frontline

गएराति पनि काठमाण्डौसहित देशका केही ठाउँमा ठूलो वर्षा भएको थियो । आज दिउँसो काठमाण्डौसहित वाग्मती, गण्डकी र प्रदेश-१ का केही ठाउँमा ठूलो  वर्षाको अनुमान छ ।

यस्तै, राति यी प्रदेशसहित सुदूरपश्चिमका केही ठाउँमा पनि ठूलो  पानी पर्ने अनुमान गरिएको मौसमविद् हिरा भट्टराईले जानकारी दिनुभयो ।

उहाँका अनुसार केही दिन लगातार झरी पर्ने सम्भावना भने छैन । तर प्रि-मनसुनको जस्तै केही ठाउँमा एक्कासी ठूलो वर्षा हुने भएकाले बाढी पहिरोको जोखिम छ ।

हिजो बेलुकी परेको ठूलो पानीका कारण काठमाण्डौ उपत्यकाका वाग्मती, विष्णुमती, पुण्यमति, हनुमन्ते, मनोहरा लगायतका नदी, खोलाहरुमा बाढी आएको छ ।

वाग्मती छेउछाउमा सडकसम्म नै बाढी पसेको छ । यस्तै, दैलेखको ग्वाँटी र आसपासका क्षेत्रमा पनि ठूलो वर्षा भएको छ ।

त्यस क्षेत्रमा बहने साना नदी तथा खोलामा बाढी र भिरालो क्षेत्रमा पहिरोको खतरा रहेकाले सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।

राति पानी परेका अरु ठाउँमा पनि खोला नदीमा पानीको बहाव बढेकाले सतर्कता अपनाउन महाशाखाले भनेको छ।  

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here