दुर्गा भगवतीमा साढे ३७ करोडको बजेट

मेवालाल यादव

रौतहट, १० असार । रौतहटको दुर्गा भगवती गाउँपालिकाले आर्थिक बर्ष २०८१–०८२ को लागि करिव साढे ३७ करोडको अनुमानित बजेट ल्याएको छ ।

frontline

गंगापिपरा स्थित सामुदायिक भवनमा सम्पन्न भएको खुलासत्रमा गाउँपालिका अध्यक्ष शम्भुकुमार सिंहले शिक्षा, स्वास्थ्य, कृषि, बालविवाह लगायत विभिन्न कार्यक्रमलाई विशेष प्राथमिकताको सूचीमा राखेर अगामी आर्थिक बर्षको लागि नीति तथा कार्यक्रम प्रस्तुत गरेका छन । गाउँपालिकावासीहरु प्रत्यक्ष रुपमा लाभान्वित हुने खालको योजनाहरु समावेश गरेर गाँउपालिकाले ३७ करोड ६५ लाख ५६ हजार बराबरको योजना ल्याएको हो ।

अध्यक्ष सिंहले आर्थिक विकास क्षेत्र, सामाजिक विकास क्षेत्र, पूर्वाधार विकास क्षेत्र, वन वातावरण तथा विपद व्यवस्थापन क्षेत्र, संस्थागत विकास सेवा प्रवाह सुशासन क्षेत्रलाई समावेश गरेर बजेट ल्याएको बताए ।

प्रदेश सभा सदस्य नागेन्द्र साहको प्रमुख आतिथ्यमा सम्पन्न खुला सत्रमा उपाध्यक्ष शिला देवी महतो, वडाध्यक्षहरु प्रदुमन चौधरी, सुरेश चौधरी, धर्मेन्द्रकुमार झा (डिके झा), रामानन्द यादव, धर्मनाथ चौधरी, प्रमुख प्रशासकीय अधिकृत परमानन्द पाठक, समाजसेवी एवं प्रदेश सभा सदस्य प्रत्यासी राजेश चौधरी लगायत गाउँपालिका बोर्ड सदस्यहरु, स्थानीय बासिन्दाहरु, संचारकर्मीहरुको रोहवरमा कार्यक्रम सम्पन्न भएको हो ।

प्रतिक्रिया दिनुहोस्

poster-here