दुधौलीका पशुलाई रेविजविरुद्ध निःशुल्क खोप
दुधौली नगरपालिकाले रेविजविरुद्ध निःशुल्क खोपको लगाउने भएको छ । नगरपालिकाले एक सूचना जारी गर्दै १७ औँ विश्व रेविज दिवस २०८० को अवसरमा निःशुल्क खोपको लगाउने भएको हो ।
नगरपालिका नगर कार्यपालिकाको कार्यालय, पशु सेवा केन्द्रहरु र वडा कार्यालयमा असोज ११ गते देखि १७ गतेसम्म निशुल्क रेवि विरुद्धको खोप लगाइने जनाएको छ ।
स्थानीय बासिन्दाले आफ्नाे कुकुर, बिरालोलाई निःशुल्क एन्टी रेविजविरुद्धको लगाउन सकिने नगरपालिकाले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्