दुई बालिका माडी नदीमा बेपत्ता

बेपत्ता दुई बालिका श्रोत : ईन्टरनेट

प्यूठान ।  प्यूठानको सरुमारानी गाउँपालिका ४ का दुई बालिका बेपत्ता भएका छन् ।

गोठालो गएको बेला दुवैजना  पौडी खेल्ने क्रममा माडी नदीमा बेपत्ता भएका हुन्।

frontline

स्थानीय बैकेकी ८ वर्षीया विपना थापा मगर र मान्द्रेकी ७ वर्षीया शर्मिला थापा मगर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय प्यूठानले जनाएको छ । 

उनीहरु बाख्रा चराउन गएका थिए । सोमबार अपरान्हदेखि बेपत्ता भएका हुन् ।

घरबाट बाख्रा चराउन भनी हिँडेका दुई बालिका पौडी खेल्ने क्रममा नदीमा बेपत्ता भएको स्थानीयलाई उदृत गर्दै वडा अध्यक्ष चिन्तबहादुर सोमै मगरले जानकारी दिएका छन् ।

अहिले उनीहरूको स्थानीय तथा प्रहरीले खोजीकार्य जारी राखेका छन् ।

प्रतिक्रिया दिनुहोस्

frontline
poster-here