दुई जना दिदीबहिनीद्वारा बुबाको मृत्युपछि आफैंले शवयात्रा गरी ‘दाहसंस्कार’

काठमाडौं ।आफन्त र दाजुभाइ नहुँदा कटारी नगरपालिका–५ बरमझियाका दुई जना दिदीबहिनीले सोमबार बुबाको मृत्युपछि आफैंले शवयात्रा गरी ‘दाहसंस्कार’ गरेका छन् ।

स्थानीय ६० वर्षीय बालबहादुर मगरको मृत्युपछि छिमेकीले शव छुन नमानेपछि १७ र २० वर्षीया छोरीले नै दाहसंस्कार गरेका हुन् ।

frontline

बालबहादुर बसोबास गर्दै आएको बरमझियामा आफ्नो समुदायका आफन्त र दाजुभाइ छैनन् । दाजुभाइ र आफन्त नहुँदा स्थानीयले शव छुन नहुने भन्दै पन्छिए ।

स्थानीयको सहयोगमा औषधोपचार गराए पनि निको नभएपछि घरमै थिए । बिरामी भएर घरमै थलिएर मृ’त्यु भएका बालबहादुरको मृ’त्युपछि को’रोना सं-क्रमणको कारण देखाउँदै स्थानीयले छुन नचाहेको समाजसेवी राजु मगरले बताए ।

‘कोरोनासंक्रमण फैलिएको अवस्थामा मृत्यु भएकाले पनि छिमेकीले श’व उठाउन अप्ठ्यारो मानेछन्

उनले भने, ‘मगर समुदायको भएकाले पनि अन्य समुदायका छिमेकीले छुन नहुने भन्दै पन्छिएछन् ।’

आफ्नै दाजुभाइ र अहिले आफ्नो आफन्त नभएकाले बुबाको दाहसंस्कार र काज-किरिया आफैंले गर्ने निर्णय गरेको कुमारी र भगवतीले बताए ।

‘बुबाको हामी आफैंले शवयात्रा गरेर ‘दाहसंस्कार’ गर्‍यौं । उनीहरूले भने, ‘अब मगर संस्कार संस्कृतिअनुसार ‘काजकिरिया’ पनि गर्छौं ।’

स्थानीय छिमेकी र आफ्ना स’मुदायको सहयोग रहेको उनीहरूले बताए ।

मगर संस्कारअनुसार ७ दिनमा बालबहादुरको ‘काजकिरिया’ सकिने राजुले बताए 

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here