दिल्लीका १५ प्रतिशत शैयामा मात्रै विरामी भर्ना

१ माघ, एजेन्सी । भारतको दिल्ली प्रदेशमा रहेका कूल शैयामध्ये अहिले १५ प्रतिशत मात्रै शैयामा विरामी भर्ना भएका छन् ।

अरु ८५ प्रतिशत शैया खाली नै रहेकाले शैयाको अभाव हुन्छ की भनेर चिन्ता लिनु पर्ने अवस्था नरहेको अधिकारीले जनाएका छन् ।

frontline

दिल्ली प्रदेशका स्वास्थ्य मन्त्री सत्यन्द्र जैनले प्रदेशभरीमा औसतमा २५ हजार नयाँ सङ्क्रमित थपिने गरेको शुक्रबार जानकारी दिनुभयो ।

उहाँले अघिल्लो दिन दिल्लीमा २८ हजार ८६७ जना नयाँ सङ्क्रमित थपिएको विवरण सार्वजनिक गर्नुभयो ।

सोही अवधिमा ३१ जनाको कोरोनाभाइरसका कारण निधन भएको पनि उहाँले बताउनुभयो ।

त्यसैगरी २८ हजार सङ्क्रमित थपिएको बेला दुई हजार ४२४ जना सङ्क्रमित मात्रै अस्पताल भर्ना भएका थिए ।

दिल्लीका १३ हजारभन्दा बढी शैया खाली रहेको मन्त्री जैनले जानकारी दिनुभयो ।

उहाँका अनुसार कोरोनाका कारण मृत्यु भएकामध्ये ७५ प्रतिशतले खोप नलगाएको पाइएको छ ।

खोप लगाएकाहरूको मृत्युदर अत्यन्त कम रहेको पनि उहाँले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here