दिनभरको वर्षाले काठमाडौंका धेरै क्षेत्र जलमग्न

काठमाडौं । शनिबार दिनभर काठमाडौं उपत्यका र वरपरका क्षेत्रमा ठूलो वर्षा भयो । दिउँसो केहीबेर त घनघोर वर्षा पनि भयो ।

वर्षामा परेको पानीले सहज निकास नपाउँदा काठमाडौंका धेरै क्षेत्र जलमग्न भए भने खोलामा पानीको सतह बढ्दा किनार क्षेत्रका सडक, घर र संरचना डुवानमा परेका छन् ।

frontline

काठमाडौंको पुतलीसडक न्युप्लाजामा भने ढल थुनिएका कारण सडक र घरजलमग्न भए । सडकमा एक फिटभन्दा बढी पानी जमेको थियो ।

निरन्तरको वर्षाले काठमाडौँको अनामनगर, घट्टेकुलो, बिजुलीबजार, बबरमहललगायत क्षेत्रका सडक तथा होचा स्थान जलमग्न भएको छ । धोबीखोला करिडोर आसपास क्षेत्र डुबानमा परेको छ ।

भक्तपुरको हनुमन्ते खोलामा बाढी बढेको छ, मध्यपुरथिमिका कतिपय सडकमा पानी जमेको छ । मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणमा शनिबार काठमाडौंमा ६९.४ मिलीमिटर वर्षा भएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here