दार्चुला शैल्यशिखर ५ बगौरा मतदान केन्द्रमा हवाई फायर
४ मंसिर, दार्चुला । दार्चुलाको शैल्यशिखर नगरपालिका–५ मालिकार्जुन मावि ग्वानी बगौरा मतदान केन्द्रमा हवाई फायर भएको छ ।
मत हल्न पुगेका एक जना मतदाताको मत पहिल्यै अरु कसैले हालेको पाएपछि भएको समान्य विवाद भएको थियो ।
सोही विवादका क्रममा एक जना महिलाको टाउकोमा प्रहरीको लठ्ठी लागेको थियो । त्यसलगत्तै स्थानीयले आक्रोशित हुँदै ढुंगामुठा गर्न थालेपछि प्रहरीले ३ राउण्ड हवाई फायर गर्नु परेको थियो ।
हवाई फायर पछि अहिले मतदान रोकिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार मतदान सञ्चालनका लागि पहल भइरहेको छ ।
प्रतिक्रिया दिनुहोस्