दाङमा डोजर पल्टिँदा चालकको मृत्यु
२ मङ्सिर, देउखुरी (दाङ) । यहाँको बङ्गलाचुली गाउँपालिकामा बाटो बनाउँदै गर्दा बिहीबार बिहान करिब चार बजेतिर डोजर पल्टिँदा चालकको मृत्यु भएको छ ।
गाउँपालिकाका अध्यक्ष भक्तबहादुर वलीका अनुसार रा१क ९१४ नम्बरको डोजर पल्टिँदा घोराही उपमहानगरपालिका–१० बुधौरा निवासी २२ वर्षीय सुनिलकुमार विकको मृत्यु भएको छ ।
सोही क्रममा सहचालक बर्दियाको गुलरिया नगरपालिका–१ निवासी २३ वर्षीय राजकुमार चौधरी सामान्य घाइते भएको उनले जानकारी दिए । बङ्गलाचुलीको मुकुटीदेखि भ्युटावर जोड्ने सडक सफाइ गर्ने क्रममा डोजर पल्टिएको थियो ।
प्रतिक्रिया दिनुहोस्