दाङमा टिपरमा आगजनी

फाइल तस्बिर

७ भदौ, दाङ । दाङमा बिहानै टिपरमा आगजनी भएको छ ।

घोराहीबाट लमहीतर्फ जाँदै गरेको रा१ख १६९४ नम्बरको टिपरमा बिहान ४ बजेतिर बबई खोलाको पुल नजिक आगजनी गरिएको हो ।

frontline

प्रहरीका अनुसार टिपर चालकले बिहान चार-पाँच जनाको समूहले आगजनी गरि भागेको बताएका छन् ।आगजनीका कारण टिपरको अघिल्लो भाग जलेर नष्ट भएको छ ।

आगजनी कसले ग-यो भन्ने नखुलेको जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख तथा प्रहरी निरीक्षक सुरेशप्रसाद काफ्लेले बताए ।

प्रहरी प्रमुख काफ्लेले टिपरमा आगो बन्दकर्ताले लगाएको हो वा अरु कसैले लगाएको भन्नेबारे  अनुसन्धान भइरहेको बताए ।

आज नेत्र विक्रम चन्द विप्लवसहित कम्युनिस्ट पार्टीले नेपाल बन्दको घोषणा गरेपछि दाङमा पनि यसको प्रभाव देखिएको छ ।

बजार पूर्ण रुपमा खुलेको छैन भने लामो दुरीको सवारी सधान चलेको भए पनि छाटो दुरीको सवारी साधान चल्न सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्

frontline
poster-here