दसैँमा २० लाखले उपत्यका छाड्ने अनुमान

१२ असोज, काठमाडौं । पछिल्लो ४८ घण्टामा सडकमार्ग भएर एक लाख २१ हजार २७३ जनाले काठमाडौं उपत्यका छाडेका छन् । यो तथ्यांक बढेर आउँदो विजयादशमीसम्म २० लाख पुग्ने अनुमान गरिएको छ ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं एसएसपी राजेन्द्रप्रसाद भट्टका अनुसार घटस्थापनाको दिन ६० हजार ८४१ जना उपत्यकाबाट बाहिरिएका थिए । मंगलबार (हिजो) ६२ हजार ४३२ जना बाहिरिए ।

frontline

बाहिरिनेभन्दा उपत्यका भित्रनेको संख्या निकै कम छ । चाडपर्व नजिकिएसँगै उपत्यका छाड्नेको संख्या बढेको हो ।

चाडपर्वलाई लक्षित गरी दुर्घटना न्यूनीकरणका लागि उपत्यकामा १७ सयभन्दा बढी ट्राफिक प्रहरी परिचालन गरिएको एसएसपी भट्टले जानकारी दिए ।

नयाँ बसपार्क, गौशाला, बल्खु, चाबहिल, फर्पिङ, सातदोबाटोलगायत विभिन्न १४ स्थानमा यात्रु सहायता कक्ष राखिएको छ ।

टिकटमा हुने ठगी, विशेष चेकिङ, यान्त्रिक परीक्षण, सवारीसाधनको बिमा भए/नभएको, लामो दूरीका सवारीमा दुई चालक भए/नभएको ट्राफिक प्रहरीले निरन्तर अनुगमन गरिरहेको उनले बताए ।

तोकिएको भन्दा बढी भाडा लिनेमाथि कारबाही अभियान थालिएको भन्दै उनले ठगीमा परेका व्यक्तिले ट्राफिक र अरू प्रहरी कार्यालयमा गुनासो गर्न सक्ने बताए ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here