दसैँमा नेपाल प्रहरीको निःशुल्क बस सेवा, उपत्यकाका तीन रुटमा सञ्चालन

काठमाडौं : बडादसैँको अवसरमा नेपाल प्रहरीले काठमाडौं उपत्यकामा निःशुल्क बस सेवा सञ्चालन गरेको छ । सर्वसाधारणको सहज आवागमनलाई लक्षित गरी प्रहरीले उपत्यकाका तीनवटा रुटमा कात्तिक ३ र ४ गते बस सेवा सञ्चालन गरिरहेको हो ।

नेपाल प्रहरीका अनुसार निःशुल्क बस सेवा तीनवटै रुटमा सञ्चालन गरिएको छ । पहिलो दिन मंगलबार दिउँसो ४ बजेदेखि बस सेवा सुरु भएको थियो भने टीकाको दिन बुधबार बिहान ८ बजे पहिलो सिफ्ट सञ्चालन भएको छ। दिउँसो ३ः३० बजे दोस्रो सिफ्ट सञ्चालन हुने प्रहरीले जनाएको छ ।

frontline

रुट नम्बर १ : नक्सालबाट सुरु हुने बस बालुवाटार, टिचिङ, चक्रपथ, नयाँ बसपार्क, बालाजु, स्वयम्भू, कलंकी, बल्खु, सातदोबाटो, लगनखेल, जावलाखेल, थापाथली, माइतीघर, पुतलीसडक, कृष्णपाउरोटी र जयनेपाल हल हुँदै पुनः नक्साल फर्किनेछ ।

रुट नम्बर २ : नक्सालबाट रत्नपार्क, बानेश्वर, कोटेश्वर, सल्लाघारी, सूर्यविनायक चोकहुँदै कोटेश्वर, विमानस्थल, गौशाला, चाबहिल, सुकेधारा, चक्रपथ, टिचिङ र बालुवाटार हुँदै पुनः नक्साल पुग्नेछ ।

रुट नम्बर ३ : नक्सालबाट सोह्रखुट्टे, बालाजु चोक, नयाँ बसपार्क, नारायण गोपाल चोक, चक्रपथ, सुकेधारा, गौशाला, विमानस्थल, कोटेश्वर, सातदोबाटो, एकान्तकुना, बल्खु, कलंकी, नयाँ बसपार्क, चक्रपथ र महाराजगन्ज हुँदै पुनः नक्साल फर्किनेछ ।

दसैँका बेला सार्वजनिक यातायातको उपलब्धता कम हुने र यात्रुको आवागमन सहज बनाउन समस्या हुन सक्ने भएकाले प्रहरीले निःशुल्क बस सेवा सञ्चालन गरेको जनाएको छ । ‍

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here