दसैँमा नयाँ पैसा लिन सजिलो : बैंकको एटिएमबाटै १०० को नोट पाइने

काठमाडौँ । नेपाल राष्ट्र बैंकले यसपालिको दसैँलाई लगायतका चाडपर्वलाई लक्षित गर्दै बैंक तथा वित्तीय संस्थालाई ‘एटिएम मेसिन’बाटै रु १०० का नयाँ नोट उपलब्ध गराउन निर्देशन जारी गरेको छ ।

राष्ट्र बैंकको निर्देशनसँगै केही बैंक तथा वित्तीय संस्थाले नयाँ खाले एटिएम मेसिनबाट रु १०० का नोट पनि वितरण गर्न थालेका छन् ।

frontline

नेपाल राष्ट्र बैंकका प्रवक्ता गुरुप्रसाद पौडेलले भोटेकोशीे बाढीले ठूलो जनधनको क्षति पुर्याएको अवस्थामा नयाँ नोटबारे अनावश्यक प्रचारप्रसार नगरी चाडपर्वलाई लक्षित गर्दै राष्ट्र बैंक र वाणिज्य बैंकबाट सुकिला र सफा नोट प्राप्त गर्न सकिने व्यवस्था मिलाइएको जानकारी दिए ।

“एकातर्फ पैसा सटही गर्ने काम दैनिक गर्नुपर्ने नियमित काम जस्तै हो । यसलाई सूचना नै निकालेर गरिरहनुपर्छ भन्ने छैन”, उनले भने, “चाडपर्वकै मुखमा भोटेकोशी बाढीले ठूलो जनधनको क्षति भएकाले पनि राष्ट्र बैंकले दसैैँ मनाउन भनी सूचना जारी गर्न पनि उपयुक्त देखिदैन । हामीले यो ढङ्गले गर्न लागेका हौँ ।”

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here