ग्यासको जिम्मा सुरक्षा निकायलाई दिने तयारी : दिगो समाधान कि तानाशाही अभ्यास ?
काठमाडौँ । नेपालमा खाना पकाउने एलपी ग्यासको अभाव हुनु र त्यसको समाधान खोज्न बेलाबेलामा बहस हुने गर्छन् । र यो नौलो पनि होइन ।
२०७२ सालको भूकम्प र भारतीय नाकाबन्दीपछि पेट्रोलियम तथा ग्यास आपूर्ति व्यवस्थापनमा सुधारका थुप्रै बहस भए । तर जसै विपत्ति आउँछ ग्यासको हाहाकार मच्चिन थालिहाल्छ ।
यसको दिगो समाधानका लागि सरकार, नेपाल आयल निगम र ग्यास उद्योगीहरू पाइपलाइन विस्तार, भण्डारण गृह निर्माण र घरायसी तथा व्यावसायिक सिलिन्डर अलग गर्ने दीर्घकालीन रणनीतिमा जुटेका छन् ।






प्रतिक्रिया दिनुहोस्