दसगजा क्षेत्रमा भारतीय पक्षले राखेको एसएसबीको पोष्ट हट्यो

१० माघ, विराटनगर । विराटनगर र भारतको जोगबनी सीमास्थित दसगजा क्षेत्रमा भारतीय पक्षले राखेको सीमा सुरक्षा बल एसएसबीको पोष्ट हटाएको छ।

गएको एक मिहना अघिबाट महानगरको दरैयाबस्ती र जोगबनीस्थित टिकुलिया बस्तीमा पर्ने दस गजामा भारतले एसएसबीको पोष्ट राखेको थियो। जसको स्थानीयले विरोध गर्दै आएका थिए।

frontline

यसबारे जिल्ला प्रशासन कार्यालय मोरंगका प्रमुख जिल्ला अधिकारी काशीराज दाहाल, सशस्त्र प्रहरी बलको उच्च अधिकारीको पहलमा एसएसबी पोष्ट भारतीय भूमिमा सरेको छ।

यसबारे जिल्ला सुरक्षा समिति मोरंगको बैठकमा समेत कुरा आएपछि प्रशासन र सम्बन्धीत निकायको पहलमा भारतीय पक्षसँग छलफल गरि पोष्ट पछि सार्न सफल भएको प्रजिअ दाहालले जानकारी दिए।

सीमास्थित सशस्त्र प्रहरी र एसएसबीका अधिकारीबीच संवादपछि उनीहरु आफ्नै भूमितर्फ सरेको उनले बताए।

अन्तर्राष्टिय सीमा अन्तर्गत दस गजा क्षेत्रमा भौतिक संरचना निर्माण गर्न नपाइने प्रावधान रहेको हुदाँ त्यसलाई मध्यनजर गर्न एसएसबीलाई सशस्त्रले आग्रह गरेको थियो।

यसअघि दस गजा क्षेत्रमा निर्माण गरिएको पोष्टमा हतियारसहित सुरक्षाकर्मी तैनाथ रहने र सर्वसाधारणलाई समेत समस्या दिने गरेको स्थानीयको भनाई छ।

यद्धपी, बढ्दो कोरोना भाइरस कोभिड १९ तथा ओमिक्रोन भेरिएन्टका कारण दुवैतर्फ सीमा सुरक्षा बढाइएपनि फितलो रहेको छ। सर्वसाधारण आउजाउँमा कमी नभएको स्थानीयको भनाई छ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here