दक्षिण अफ्रिकाकी महिलाले एकै समयमा १० बच्चा जन्माइन्

काठमाडौं । दक्षिण अफ्रिकाकी एक महिलाले एकै समयमा १० जना बच्चा जन्माएकी छन् ।

यो संसारकै नयाँ विश्व रेकर्ड हुनसक्ने बीबीसीले उल्लेख गरेको छ ।

frontline

३७ वर्षीया गोसियामे थमराले १० बच्चा जन्माएकी हुन् ।

त्यसमा सात बालक र तीन जना बालिका छन् ।

ती महिलाको स्वास्थ्य अवस्था सामान्य रहेको चिकित्सकहरुले बताएका छन् ।

यसअघि सन् २००९ मा अमेरिकी एक महिलाले एकैपटक ८ बच्चा जन्माएर विश्व रेकर्ड कायम गरेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्

poster-here