थुनियो मर्स्याङ्दी नदी, चामेबजार जोखिममा

काठमाण्डौ । सोमबारदेखिको अविरल वर्षाका कारण मनाङ सदरमुकाम चामे नजिकै मर्स्याङ्दी नदी थुनिएको छ ।

चामेको बजार क्षेत्र हुँदै झरेको घट्टेखोलाले ढुंगामाटो र काठदाउरा बगाएर ल्याएपछि मर्स्याङ्दी नदी थुनिएको हो ।

frontline

हिमाली जिल्ला मनाङबाट बग्ने मर्स्याङ्दी नदी चामेमा ताल बन्दा जोखिममा परेको माथिल्लो मनाङ जाने बेलिब्रिज थुनिएको भागबाट मर्स्याङ्दी बगेपनि पानी निरन्तर परिरहेकाले बहाब बढेको हो ।

यसबाट चामेको पारीपट्टीको भाग डुबानमा परेको छ ।

सिंगो चामेबजार जोखिममा परेको छ ।

बाढीले चामेबाट माथिल्लो मनाङतर्फ जाने एकमात्र बेलिब्रिज समेत कटान गरेको छ ।

चामेका पल्साङ गुरुङले मर्स्याङ्दी बढ्दै आएको र घट्टेखोलाबाट बगेको बाढीले ढुंगामुढा बगाएर थुपारिदिएपछि चामेमा मर्स्याङ्दी नदीले तालको रुप लिएको बताए  ।

यसबाट माथिल्लो मनाङ जाने पुल कटान गरेको छ ।

नदीमा बाढी बढ्दै गएकाले चामे बजार उच्च जोखिममा परेको उनले जानकारी दिए ।

प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेले नदीको बहाब बढ्दै गएको र यसले चामेबजार थप जोखिममा पारेको बताए  ।

उनका अनुसार चामेको बीच बजारबाट बगेर आएको बाढीसहितको ढुंगामुढा मर्स्याङ्दीमा पसेर मर्स्याङ्दीलाई ताल बनाइदिएको छ ।

उहाँले नेपाली सेनामार्फत बम विष्फोट गराई मर्स्याङ्दी खुलाउने भनिएकोमा पानी निरन्तर परिरहेकोले समस्या भएको बताउनुभयो ।

सुरक्षाका सबै निकायसँग समन्वय गरी खुलाउने प्रयास भइरहेको समेत उनले जानकारी दिएका छन  ।

प्रतिक्रिया दिनुहोस्

poster-here