थापागाउँ क्षेत्रमा सडक मिचेर बनाइएका घर टहरामा महानगरको डोजर
३१ भदौ, काठमाडौ । काठमाडौं महानगरपालिकाले थापागाउँ क्षेत्रमा सडक मिचेर बनाइएका घर टहरामा डोजर चलाएको छ ।
६ मिटर बाटो रहेको थापागाउँ क्षेत्रको गल्ली मिचेर बनाइएका तीन वटा पक्की घरले मिचेको भाग डोजर लगाएर हटाएको महानगरले जनाएको छ । यस्तै दुई वटा टहरा पनि हटाउने काम भएको महानगरको भनाइ छ ।
आजै मात्रै महानगरपालिकाले नयाँबानेश्वर क्षेत्रका अनधिकृत संरचना हटाउन डोजर चलाएको छ । सडक सीमा मिचेर बनेका संरचना र पसल हटाउन महानगरपालिकाले डोजर चलाएको हो ।
प्रतिक्रिया दिनुहोस्