थप ६ लाख ६४ हजार ६५० डोज फाइजर खोप नेपाल ल्याइयो

श्रोत : ईन्टरनेट

९ पुस, काठमाडौं । कोभ्याक्स सुविधाअन्तर्गत थप ६ लाख ६४ हजार ६५० डोज फाइजर खोप नेपाल ल्याइएको छ ।

स्वास्थ्य सेवा विभाग आपूर्ति व्यवस्थापन शाखाका अनुसार आज (शुक्रबार) बिहान उक्त खोप नेपाल ल्याइएको हो ।

frontline

नेपाल ल्याइएको उक्त खोप टेकुमा भण्डारण गरिएको छ । पुस १३ गतेदेखि काठमाडौँ उपत्यकासहितका ८ जिल्लामा १२ देखि १७ वर्ष उमेर समूहका किशोर–किशोरीलाई फाइजर खोप लगाउने तय भइसकेको छ ।

नेपालले यसअघि कार्तिकमा कोभ्याक्स सुविधामार्फत १ लाख ६२० डोज फाइजर खोप प्राप्त गरेको थियो ।

उक्त खोप १२ वर्ष माथिका दीर्घ रोगीका बिरामीहरूलाई लगाइएको थियो । विद्यालय, समुदाय, तथा परिवारहरूलाई कोभीड-१९ बाट सुरक्षित राख्नको लागि १२-१७ उमेर समूहको यो खोपले निकै महत्वपूर्ण भूमिका खेल्नेछ

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here