त्रिशूली नदीमा एक पुरुष मृत फेला
चितवन । त्रिशूली नदीमा एक पुरुष मृत अवस्थामा फेला परेका छन् । चितवनको इच्छाकामना ४ कुरिनटार (धारापानी) नजिक त्रिशूली नदीको तलिएको पानीमा नदीले बगाइ ल्याएको अवस्थामा अन्दाजी ३०÷३२ बर्षका पुरुष मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
हाल सम्म सनाखत हुन नसकेको प्रहरीले जनाएको छ । कसैले चिनेको भए जिल्ला प्रहरी कार्यालय वा इलाका प्रहरी कार्यालय मुग्लिनमा सम्पर्क राख्न प्रहरीले अनुरोध गरेको छ ।






प्रतिक्रिया दिनुहोस्