त्रियुगामा ‘मेयरसँग जेष्ठ नागरिक स्वास्थ्य प्रवद्र्धन’ कार्यक्रम संचालन

चैत्र १, सोलुखुम्बु । उदयपुरको त्रियुगा नगरपालिकाले “मेयरसँग जेष्ठ नागरिक स्वास्थ्य प्रवद्र्धन” कार्यक्रम सञ्चालनमा ल्याएको छ । वडा नं १ जोगीदहबाट शुभारम्भ गरिएको उक्त कार्यक्रम नगरपालिकाका १६ वटै वडामा सञ्चालन गरिने नगरप्रमुख बसन्तकुमार बस्नेतले बताउनुभएको हो ।

यसैक्रममा वडा नं ३ मोतिगडाको स्वास्थ्य चौकिमा आयोजित जेष्ठ नागरिकहरुको स्वास्थ्य सेवा सिविरको उद्घाटन गर्नुहुँदै नगर प्रमुख बस्नेतले राष्ट्रको सम्पत्ती र अनुभवका खानीका रुपमा रहनुभएका ज्येष्ठ नागरिकहरु सामान्य स्वास्थ्योपचारबाट वञ्चित हुनु नपरोस् भन्ने उद्येश्यले जेष्ठ नागरिक लक्षित स्वास्थ्य कार्यक्रम सञ्चालनमा ल्याइएको बताउनुभयो ।

frontline

नगरपालिकाका ज्येष्ठ नागरिकहरुलाई स्वास्थ्य सम्बन्धी के कस्तो समस्या छ र नगरपालिकाले उहाँहरुको स्वास्थ्य उपचारमा सहजिकरण गर्न के कस्तो योजना ल्याउनुपर्छ भन्ने जानकारी लिन पनि यो कार्यक्रम प्रभावकारी हुने देखिएकाले मेयरसँग जेष्ठ नागरिक स्वास्थ कार्यक्रम राखिएको नगरप्रमुख बस्नेतले बताउनुभयो ।

कार्यक्रम अन्तर्गत नगरपालिकाका ज्येष्ठ नागरिक, अशक्त, अपांगता भएकाको घरघरमा पुगेर स्वास्थ्य परीक्षण गरिने छ । नगरभित्रका सामाजिक सुरक्षा लिने नौ हजार बढी नागरिकलाई घरदैलोमा पुगेर मधुमेह, उच्च रक्तचाप, क्षय रोग, सुगर, अक्सिजन लेभल, मुटु सम्बन्धी चेक जाँच, मृगौला सम्बन्धी चेकजाँच लगायतका सेवाहरु निशुल्क प्रदान गरिने शाखाका स्वास्थ्य अधिकृत उपेन्द्र कार्कीले बताउनुभयो ।

स्वास्थ्य शिविर कार्यक्रममा समस्या देखिएका बिरामीको थप उपचार नगर अस्पताल देउरी र जोगीदहको प्राथमिक स्वास्थ्य चौकीमा गरि जिल्ला अस्पताल पठाइने योजना बनाइएको छ । स्वास्थ्य चेकजाँच गर्दा देखिएका आवश्यक औषधी नगरपालिकाले निशुल्क दिनेछ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here