त्रियुगा नगरपालिकाका ८ कर्मचारीमा देखियो कोरोना
२२ मंसिर, उदयपुर । नेपालमा कोरोना भाइरस संक्रमण दर घटिरहेको बेला उदयपुरमा भने पुनः संक्रमण देखिन थालेको छ।
सोमबार त्रियुगा नगरपालिकाका ६ जना कर्मचारीमा एकै दिन कोरोना भाइरस संक्रमण पुष्टि भएसँगै संक्रमणदर बढेको हो।
नगरपालिकाको स्वास्थ्य शाखाले गरेको एन्टिजेन परीक्षणमा प्राविधिक शाखाका इन्जिनियरसहित राजश्व शाखाका कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य शाखाका निमित्त प्रमुख अवधनारायण चौधरीले जानकारी दिए ।
यसअघि नगरपालिकाका राजश्व र प्राविधिक शाखाका दुईजनामा संक्रमण देखिएको थियो ।
पछिल्लो दुईदिन यता नगरपालिकामा एक महिला कर्मचारीसहित ८ कर्मचारीमा कोरोना पुष्टि भएको छ।
प्रतिक्रिया दिनुहोस्