त्रिभुवन आर्मीका हरिकुमार रिमालले १४ औं काठमाडौं म्याराथनमा पहिलो स्थान हात पारे

२५ भदौ, काठमाडौं । त्रिभुवन आर्मीका हरिकुमार रिमालले शनिबार १४ औं काठमाडौं म्याराथनमा पहिलो स्थान हात पारेका छन् ।

उनले निर्धारित दूरी २ घण्टा ४० मिनेट र ४० सेकेन्डमा पूरा गरे । यससँगै हरिले एक लाख रुपैंया प्राप्त गरे । दौडमा आर्मीकै जुनेश खड्का दोस्रो र एपीएफका राजन चौधरी तेस्रो भए ।

frontline

जुनेशले २ घण्टा ४२ मिनेट ५९ सेकेन्डमा दौड पूरा गरे र ५० हजार जिते । यस्तै राजनले भने दौड २ घण्टा ५५ मिनेट ४७ सेकेन्डमा सम्पन्न गरे र उनले २५ हजार रुपैंया पुरस्कार राशि हात पारे ।

पुरुषतर्फको हाथ म्याराथनमा पर्वतका सुवास गुरुङ १ घण्टा १५ मिनेट र २१ सेकेन्डमा पहिलो, आर्मीका नवराज बुढा १ घण्टा २२ मिनेट र २२ सेकेन्डमा दोस्रो तथा आर्मीकै देवराज वस्नेत १ घण्टा २५ मिनेट र ४७ सेकेन्डमा तेस्रो भए ।

महिला हाफ म्याराथनमा पुलिसकी रेखा विष्ट १ घण्टा २६ मिनेट र ४० सेकेन्डमा पहिलो, धादिङकी लक्ष्मी थापा १ घण्टा ४६ मिनेट र ५८ सेकेन्ड तथा दोल्खाकी तिलिमाया राउत २ घण्टा ५ मिनेट र ५६ सेकेन्डमा तेस्रो भए ।

यस विधामा पुरुष र महिला दुवैतर्फ पहिलोले ५०, दोस्रोले २५ र तेस्रोले १० हजार रुपैंया हात पारे । पुरुष ३ किलोमिटर दौडमा एपीएफका राजेन्द्र तामाङले ११ मिनेट १७.३७ सेकेन्डको समयमा पहिलो भए ।

यस्तै अभिषेक पञ्चकोटी ११ मिनेट ३४.३७ सेकेन्डमा दोस्रो तथा आर्मीका यमराज खत्री ११ मिनेट ४१.३७ सेकेन्डमा तेस्रो भए । महिलातर्फ दोलखाकी अन्जु खड्का १४ मिनेट ५.७ सेकेन्डमा पहिलो भइन् ।

मनिषा गिरी १ छ मिनेट ५५.५ सेकेन्डमा दोस्रो तथा ललितपुरकी श्रेबी महर्जन १८ मिनेट ५४.७ सेकेन्डमा तेस्रो भइन् । स्कुल ब्वाइज ३ किलोमिटर दौडमा प्रविन लिम्बू, होयगल लामा र अरबिन खत्री शीर्ष तीन स्थानमा रहे ।

गर्ल्सको यसै स्पर्धामा अन्युशा आचार्य पहिलो, भावना नाथ दोस्रो तथा प्रकृति वस्नेत तेस्रो भए । तीन किलामेटर मास्टर्स पुरुष दौडमा धर्म महर्जन, मनिन महर्जन दोस्रो तथा भीमबहादुर गुरुङ तेस्रो भए ।

महिलातर्फ यसै स्पर्धामा इमला प्रधान पहिलो भइन् । यस्तै ३ किलोमिटर ह्विलचेयर दौडमा रामकाजी मिजार, दीपक श्रेष्ठ र अर्जुन डुङ क्रमश: पहिलो, दोस्रो र तेस्रो स्थानमा रहे । यसै स्पर्धाको महिलातर्फ यामीझाक्री मगर पहिलो र लक्ष्मी घिमिरे दोस्रो भइन् ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठले म्याराथन दौडको उद्घाटन गरेका थिए । यस्तै हाफ म्याराथनको उद्घाटन राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंकलाल घिसिङले गरेका थिए ।

आमन्त्रित सेलेब्रेटी रनमा मन्त्री श्रेष्ठ र सदस्य सचिव घिसिङसँगै कार्यक्रममा आमन्त्रित नेपाल ओलम्पिक कमिटीका पदाधिकारी, विभिन्न खेल संघका पदाधिकारीको सहभागिता रहेको थियो ।

एनआरएन स्पोर्टस फाउन्डेसनको आयोजनामा भएको दौडमा कुल १ हजार ६ सयको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here