तोपे खोलामा सुख्खा पहिरो खस्दा नारायणगढ–मुग्लिन सडक खण्ड फेरि अवरुद्ध
२७ जेठ, चितवन । सुख्खा पहिरो खस्दा नारायणगढ–मुग्लिन सडक खण्ड फेरि अवरुद्ध भएको छ । इच्छाकामना गाउँपालिका–६ स्थित तोपे खोलामा आज विहान ८ः४५ बजे सुख्खा पहिरो खस्दा राजमार्ग अवरुद्ध भएको हो ।
अहिले पहिरो हटाउने काम सुरु भएको चितवन प्रहरीले जनाएको छ । बुधबार राति नै खसेको पहिरोले अवरुद्ध यस सडक खण्ड हिजो दिउँसोबाट संचालनमा आएको थियो । तर अत्यधिक सवारी चापले राजमार्ग आजसम्म पनि अस्तव्यस्त बनेको छ ।
प्रतिक्रिया दिनुहोस्