तेह्रथुमको गाउँमा २ लाख ७० हजार तिरेर हेलिकप्टर चार्टर गरेर विवाह

श्रोत : ईन्टरनेट

२३ पुस, तेह्रथुम । गाउँको विवाहमा बस, ट्याक्सी तथा साना गाडी रिजर्भ गर्नु सामान्य नै बन्न थालेको छ ।

तर, सेलिब्रेटीहरूले गरे पनि नेपालजस्तो देशमा सामान्य नागरिकले हेलिकप्टर चार्टर गरेर विवाह गरेको कमै मात्र सुनिएको/देखिएको छ ।

frontline

छथर गाउँपालिका–२ हमरजुङ खैरेनीका २९ वर्षका सविन लिम्बुको विवाहमा हेलिकप्टर चार्टर गरेर बेहुली भित्र्याइएको छ ।

काठमाडौं थानकोटकी बेहुली सिम्रन क्षेत्रीलाई हेलिकप्टर चार्टर गरि भित्र्याइएको हो ।

काठमाडौंदेखि तेह्रथुमसम्मको भाडा २ लाख ७० हजार परेको परिवारजनले जानकारी दिए ।

बेहुली सम्पन्न परिवारकी र साना सवारी साधनमा यात्रा गर्न समस्या भएकाले हेलिकप्टर चार्टर गर्नुपरेको परिवारले जनाएका छन् । लिम्बू भने सामान्य परिवारका हुन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here