तेजापाकडको स्वास्थ्य चौकीमा अत्याधुनिक अल्ट्रासाउन्ड उद्घाटन
रौतहट —मातृशिशु मृत्युदर घटाउने उद्देश्यले रौतहटको परोहा नगरपालिकाले तेजापाकड स्वस्थ्य संस्थामा भिडियो एक्सरे (टेली अल्ट्रासाउन्ड) उद्घाटन भएको छ ।परोहा नगरपालिका -३ तेजापाकडका स्वास्थ्य चौकीमा अत्याधुनिक भिडियो एक्सरे (टेली अल्ट्रासाउन्ड) मेसिन उपलब्ध गराएको छ ।
परोहा नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत मो. मोहफुज आलमले कार्यक्रमलाई सम्बोधन गर्दै अब विकटका स्वास्थ्य चौकीबाट पनि गर्भवतीको गर्भावस्थाबारे जानकारी पाउन सकिनेछ । परीक्षणका क्रममा कुनै समस्या पहिचान गर्न नसकेर स्थानीय स्वास्थ्यकर्मीलाई अन्योल भए उनीहरूले जिल्ला बाहिरका विशेषज्ञ डाक्टरहरूसँग सिधै परामर्श गर्नसक्ने वहाँले बताएका छन् । टेली अल्ट्रासाउन्ड भएकाले बाहिरका विशेषज्ञले पनि लाइभ एक्सरे हेरेर सुझाव दिन सक्ने सुविधा उपलब्ध भएको छ । परोहामै पहिलो पटक तेजापाकडमा रहेका स्वास्थ्य चौकीमा अत्याधुनिक टेली अल्ट्रासाउन्डको परोहा नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत मो. मोहफुज आलमले उद्घाटन गर्नु भयो ।
परोहा नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख जलन्धर यादवले कार्यक्रमलाई सम्बोधन गर्दै तेजापाकडमा रहेका स्वास्थ्य चौकीमा अत्याधुनिक टेली अल्ट्रासाउन्डलाई उद्घाटन गरि
गर्भावस्थामा कुनै अप्ठेरो भए समयमै उपचार गर्न पनि सजिलो हुनेछ उनले बताए ।
प्रतिक्रिया दिनुहोस्